लुम्बिनीको दिगो विकासका लागि सरकार गुरुयोजना बनाएर अघि बढ्छ : प्रधानमन्त्री
लुम्बिनी । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि सरकारले गुरुयोजना बनाएर अघि बढाउने बताएका छन् । लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको उनले बताए ।
२५६७ औं बुुद्धजयन्ती एंव लुम्बिनी दिवस २०८० बिशेष समारोहलाई शुुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउने गरि काम गर्ने बताए । उनले सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूू न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गरे ।
प्रधानमन्त्री दाहालले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र बताए । प्रधानमन्त्री दाहालले पपछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताए । ‘संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ’ प्रधानमन्त्रीले भने ।
उनले अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गरेको बताए । ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ’ उनले भने ।
प्रधानमन्त्री दाहालले बुद्धजन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना भएको स्थल रहेको बताए । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता अथाह रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताए ।
कार्यक्रममा सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले बुुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताए । उनले समाजमा रहेको विभेद अन्त्यका लागि बुद्धले परिवर्तनको मार्ग अगालेको उनले बताए । उनले लुम्बिनीलाई धार्मिक र साँस्कृतिक रुपमा मुलुुकको कुटनितिका रुपमा विकास गर्न सकिने बताए ।
मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरि स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानका लागि पहल भइरहेको बताए । उनले जेठ १६ गतेदखि नेपाल एयरलायन्सको विमानस्थलले उडान गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लि बहादुर चौधरीले बुद्धसर्किटको सम्भावना भएर पनि पूूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या भएको बताए । उनले रुपन्देही, नवलपरासी र कपिलबस्तुलाई शान्ति क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गरे । साथै उनले लुम्बिनी विकास कोषलाई प्रदेश संरचनामा ल्याउनुुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका चार अर्ब बढि बौद्धमार्गीहरुको आस्थाको धरोहर रहेकाले यसलाई समय अनुुकुुल विकास गर्दै लगिने बताए । बिशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुुत छेन् सोङ्ग, यूएनडिपिका नेपाल प्रतिनिधि आसियानी लावे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोल्दै लुम्बिनीलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने बताए । बुद्धजयन्ती एंव लुम्बिनी दिवस समारोहमा विभिन्न बिशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । धम्मावती गुरुमा, बरिष्ठ पुरातात्वविद् बसन्त विडारी, बौद्धविद्धान डुण्डबहादुर ब्रज्रचार्य, होटल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको छ । यस्तै सोही अवसरमा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मेलन अघि मायादेवि मन्दिर हुँदै सम्मेलन केन्द्रसम्म विभिन्न झाकी सहितको शान्ति ¥याली निकालिएको थियो ।





