खाँणसहित १२ जनालाई चारदिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई अनुसन्धानका लागि थप चारदिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।





