काठमाण्डौं । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथि छलफल जारी रहेको छ । आजको बैठकमा शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम माथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो ।