रुपन्देहीको तिलोत्तमामा स्कार्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते
बुटवल । रुपन्देहीको तिलोत्तमामा शनिबार राती सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पांच जना घाईते भएका छन् ।
बुटवल- भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमाको योगिकुटी शान्तिकुञ्जमा भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको बा.२० च १४३८ नम्बरको स्कारपियो दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।
बा.२० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखांची छत्रगञ्ज गाउंपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौरहा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् । उनीहरुको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





