प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते

नमुनापत्र संवाददाता
२९ जेष्ठ २०८०, सोमबार १७:३४

दाङ । प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको लु १ च ६३४५ नं. को कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो।

कार सडकको घुम्तीबाट खसेको हो । कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भिग्रीले जनाएको छ ।

उनीहरूको उपचारको लागि प्युठान अस्पतालमा पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*