बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङटारमा
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनको लागी संखुवासभाको तुम्लिङटार पुग्नु भएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रधानमन्त्री प्रचण्ड जिल्लाका जनप्रतिनिधिहरुसहित बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जानु भएको हो ।
प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ।
साथै उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघसंस्थालाई पनि प्रधानमन्त्रीले अपील गर्नु भएको छ ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँ आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको छ । अवलोकन टोलीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि रहनुभएको छ ।
आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए।





