कार दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारको क्रममा निधन

नमुनापत्र संवाददाता
५ असार २०८०, मंगलवार १९:२५

धनगढी । बझाङमा भएको कार दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको उपचारको क्रममा निधन भएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

सिंहसहित उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*