पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

नमुनापत्र संवाददाता
६ असार २०८०, बुधबार १५:३३

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।

यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १ सय ३० जना यात्रु बुधबार चीनबाट सिधै पोखरा उत्रिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गरेका छन् ।

१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*