ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

नमुनापत्र संवाददाता
८ असार २०८०, शुक्रबार ०९:३७

ओखलढुंगा । गएराति ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका-८ मा पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप बिबरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*