गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थल मै मृत्यु, १२ जना घाइते

नमुनापत्र संवाददाता
८ असार २०८०, शुक्रबार ०९:४९

काठमाडौं । गएराती गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई राती नै आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’ राति एक बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*