गाई काटेको आरोपमा तुलसीपुरका एक जना पक्राउ

नमुनापत्र संवाददाता
३ असार २०८०, आईतवार १९:५३

तुलसीपुर । तुलसीपुरमा गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले गाई काटेको आरोपमा तुलसीपुर–११ का ५६ वर्षिय बुद्धिराम सार्कीलाई पक्राउ गरेको हो ।

सार्कीले सोहि ठाउँका खिमकली खत्रीको गाईको बाच्छो काटेको आरोप छ । गाईको बाच्छो काटेर मासु घरमा राखेको आरोपमा पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*