शान्तिनगरका भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा

नमुनापत्र संवाददाता
१ असार २०८०, शुक्रबार १९:५६

शान्तिनगर । दाङको शान्तिनगर गाँउपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायि निस्सा बितरण गरेको छ।

बि.सं. २०७७ मा नेपाल सरकार राष्ट्रिय भुमि आयोग ले अघि सारेको नीति तथा कार्यक्रम अन्तर्गत दलित,अब्यबस्थित र भुमिहिन सुकुम्बासीलाई लच्छित गर्दै शान्तिनगर गाउँपालिकाले अस्थायी निस्सा बितरण गरेको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो।

भुमि सेवा केन्द्र को आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत,उपाध्यक्ष प्रेमा केसि र वडा नं.१ का अध्यक्ष जंग बहादुर पुनले १ नंं.वडा का ५ सय ३४ जनालाई सुकुम्बासी अस्थायी निस्सा बितरण गर्नु भएको हो।

अस्थायी निस्सा पाएपछि स्थानियले खुशि ब्यक्त गरेका छन। यो सँगै अब अन्य वडामा पनि चाडै भुमिहिन सुकुम्बासीका लागी अस्थायी निस्सा वितरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*