नारायणगढ-मुग्लिन सडक खण्ड २८ घण्टापछि सञ्चालनमा
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड २८ घण्टापछि पुन: सञ्चालनमा आएको छ । नारायणगढ-मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
अवरूद्ध सडक खण्ड केहीबेर अघि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश कुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको थियो।





