नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध
काठमाण्डौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । आज बिहान इच्छाकामना गाउँपालिका–५ तीन किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
उक्त ठाउँमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे अठ्ठाइस घण्टा लगाएर सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडकमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ ।





