प्रधानमन्त्री दाहाल र सिके राउतबीच भेटवार्ता

नमुनापत्र संवाददाता
१७ असार २०८०, आईतवार १९:४६

काठमान्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज भेटवार्ता भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको जनमत पार्टीका अध्यक्ष राउतले अध्यक्ष दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका हुन । भेटमा प्रधानमन्त्री दाहालले समर्थन फिर्ता नलिन आग्रह गरेका छन । जनमतलाई सरकारमा समेट्ने आश्वासन दिदै दाहालले आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता भेटमा जनाएको बताइएको छ ।

जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । तर खानेपानी मन्त्रालयमात्रै दिएपछि मन्त्री अब्दुल खानलाई फिर्ता बोलाएको थियो । जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*