श्री एयरको उडानमा प्रतिबन्ध

नमुनापत्र संवाददाता
१७ असार २०८०, आईतवार २०:५०

काठमान्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजका लागि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि प्राधिकरणले श्री एयरका उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले बारम्बार गल्ती दोहोर्याउने काम गरेको भन्दै आइतबारदेखि उडानमा प्रतिबन्ध लगाउदै चारवटै जहाज ग्राउन्डेड गर्दिएको हो । जहाजमा समस्या आएपछि प्राधिकरणले सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएपछि जहाज ग्राउन्डेड गरिएको हो । एयरलाइन्सले सबै प्राविधिक जाँच गरेर सोमबारवाट मात्रै उडान गर्ने जानकारी दिएको हो ।

गत फागुनमा पनि जहाजमा समस्या आएपछि सबै जहाज प्राधिकरणले उडान प्रतिबन्ध लगाएको थियो । यसअघि गत जेठ २३ गते पनि काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि गन्तव्य नपुगि बाटोबाटै जहाज काठमाडौं फर्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*