नासु कुटेको विरोधमा देशभरिका अदालतमा कामकाज ठप्प

नमुनापत्र संवाददाता
१७ असार २०८०, आईतवार २०:०१

ललितपुर । ललितपुर जिल्ला अदालतकी एक जना महिला कर्चारीमाथि हातपात भएको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्। अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले हातपात गरेको बिरोधमा देशभरका कर्मचारीले अदातमा कामकाज ठप्प पारेका हुन्।

गत बुधबार साढे ४ बजे कार्यक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि अधिवक्ता लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। दोषीमाथि कारवाहीको माग कर्मचारीमाथि हुने यस्ता अवहेलनाका घटना नदोहोरिनुपर्ने माग सहित देशभरका अदालतमा कार्यरत कर्मचारीले ऐक्यबद्धता जनाउँदै कामकाज ठप्प पारेका हुन्।

ललितपुर जिल्ला अदालतका कर्मचारीहरूले यसअघि शुक्रबार पनि प्रशासनको सबै काम ठप्प पारेका थिए।

तपाईंको मत

  • तपाईंको मत