हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार ११:१६

झापा । झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

झापामा केही दिनअघि पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*