मिनिटेलरले लोपहुँदै गोरु

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार ११:५१

बागलुङ । ताराखोला गाउँपालिकाकामा पहिले पहिले घर घरमा एक हल गोरु हुन्थे । तर अहिले भने प्रविधिलाई पछ्याउँदै यहाँका किसानहरु गोरु बाध्न छोडेर मिनिटेलर हलोले खेत जोत्न थालेका छन् ।

आज असार १५ अहिले बागलुङमा धान रोप्ने चटारो छ । आज धान दिवशको दिनमा पालिकाहले विशेष कार्यक्रम समेत राखेका छन् । बागलुङ जिल्लाका अधिकांस ठाउँमा अहिले गोरु पाईदैन ।

गोरु पाल्न पनि कठिन र जोत्न पनि धेरै समय लाग्ने भएकोले मेशिन छिटो हुने भएकोले आजकाल मेशिन किन्ने गरेको स्थानीय गम प्रसाद रोकाले जानकारी दिनुभयो ।

आ. व. २०७९/८० मा मात्र ५१ वटा मेशिन ताराखोला गाउँपालिकाले ५ वटा वडाका कृषक समूहहरु लाई वितरण गरेको कृषिशाखा प्राविधिक सन्दीप थापाले बताउनु भएको छ। त्यस्तै जिल्ला भरमा कृषकलाई प्रविमैत्री बनाउन मिनि टेलर हलोको प्रवर्द्धन गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो ।

पर्यावरण र उब्जाउका लागि गोरूको आफ्नै महत्त्व भएपनि गोरु पाल्नेहरु कमि भएको प्रमुख ढकालको भनाई छ ।
बागलुङ नगरपालिकाले भने गोरु प्रबर्द्धनका लागि पनि बजेट छुट्याएको छ । प्रविधि सँगै विगत देखिका परम्परा र सस्कृति जोगाउन गोरु संरक्षण कार्यक्रममा पनि अघि सारिएको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

२० प्रतिशत बढि रोपाई

बागलुङमा अहिलेसम्म २० प्रतिशत बढि रेपाई सकिएको छ ।

‘पानी परेको कारण हिजोसम्म २० प्रतशत रोपाई भैसकेको छ । आजसम्म ३० प्रतिशत भन्दा बढि रोपाई हुने आंकलन गरिएको छ ।’ कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।

बागलुङमा अघिल्लो वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको भट्टराईको भनाइ छ । बागलुङ जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ ६ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । सो मध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*