भोजपुरमा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार १५:४४

भोजपुर । भोजपुरमा दुम्सी मार्न गएका एक युवाको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

सदरमुकामबाट सुदूर उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरेले जनाएको छ ।

भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि गई अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*