सिद्धार्थ राजमार्ग अवरुद्ध

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार ०८:३७

पाल्पा । अविरल वर्षासँगै खसेको लेदो र गेग्रानसहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*