अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार ११:४८

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् ।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।

लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घर परिएको स्थानीय माधब पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*