भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार १८:२९

काठमाडौँ । नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उपमेयर दम्पति भारत बिहारको सुपौल जिल्लाका निवासी रहेको भन्ने भन्ने उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*