गोरखामा धनसार भत्किँदा दुई जनाको मृत्यु

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार २३:०२

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा आज बिहान धनसार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते हुनुभएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते हुनुभएका बरामको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा आज साँझ मृत्यु भएको उनले बताए । मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आउनुभएको थियो । दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको उनले बताए ।

घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहेका प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*