दाङमा बबई नदि तर्ने बेलामा डुबेर एक जनाको मृत्यु

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार २२:०८

दाङ । दाङमा बबई नदि तर्ने बेलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका -५, जौवारीका १७ वर्षिय सिताराम देवकोटाको भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनु भयो ।

ईलाका प्रहरी कार्यालयका अनुसार असार १८ गते घर फर्कने क्रममा देवकोटालाई नदिले बगाएको थियो ।

सिमलकुनामा भन्ने स्थानमा करिब दिउँसो २:०० वजे स्थानियको सहयोग र ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मान बहादुर विसिको नेतृत्वमा गएको प्रहरी टोलीले देवकोटाको शव फेला पारेको थियो ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार देवकोटाको शव पोस्टमार्टमका लागी राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*