रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवाहक बसमा करेन्ट प्रवाह – दुई जनाको मृत्यु

नमुनापत्र संवाददाता
२१ असार २०८०, बिहीबार १२:५३

दाङ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगी भएको सल्यानका सिडिओ वेदप्रसाद खरेलले जानकारी दिनुभयो । मृतक दुवै जना बाबु छोरा हुन ।

बसमा अन्दाजी २० देखि २५ जना यात्रु सवार रहेको जानकारी छ । यद्यपि यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

उक्त घटनामा बस धनी सल्यान छत्रेश्वरी गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*