रुपन्देही प्रहरीद्वारा गाडीसहित अवैध टायल बरामद

नमुनापत्र संवाददाता
२१ असार २०८०, बिहीबार २२:२०

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट नेपाल ल्याइएको टायलसहित एउटा पिकअप गाडी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सूर्यपुरा, रुपन्देहीबाट खटिइएको प्रहरी टोलीले गैडहवा गाउँपालिका–६, क्याम्पस चोकबाट उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा डीएसपी श्यामु अर्यालले रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं। ५ बस्ने २१ बर्षीय समिम मुसलमानले चलाएको लु २ च ५८३६ नम्बरको योद्धा पिकअप गाडीबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १ हजार २८ थान विभिन्न किसिमका टायल बरामद भएको बताए ।

गाडीसहित बरामद सामानको मूल्य १२ लाख ८४ हजार भन्दा धेरै रहेको र थप कारवाहीका लागि गाडी चालकसहित बरामद भएको टायल र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*