अनुदान कटौतीविरुद्ध स्थानीय जनप्रतिनिधिले आज सिंहदरबार घेर्ने

नमुनापत्र संवाददाता
२२ असार २०८०, शुक्रबार ०८:२०

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने भएका छन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस वर्षदेखि कटौती गरेपछि त्यसविरुद्ध जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*