कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ – दुई मन्त्री नियुक्त

नमुनापत्र संवाददाता
२२ असार २०८०, शुक्रबार ११:१०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*