केपी ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखियो – घनश्याम भूसाल

नमुनापत्र संवाददाता
२३ असार २०८०, शनिबार १५:२६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखिएको टिप्पणी गरेका छन्। काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भूसालले अहिलेको एमालेको संसद अवरोधलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।

‘एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण छ’, भूसालले भने, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ ।’उनले प्रधानमन्त्रीले पनि औपचारिक र राजनीतिक कुरा मात्र बोल्नुपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*