पातुखोलामा नुहाउन गएका बालक डुबेर सिकिस्त

नमुनापत्र संवाददाता
२३ असार २०८०, शनिबार १६:३३

तुलसीपुर । पातुखोलामा डुबेर एक बालक सिकिस्त भएका छन् ।तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उहाँले बताउनुभयो । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*