गायक रोबिन तामाङको आज दाहसंस्कार गरिँदै

नमुनापत्र संवाददाता
२४ असार २०८०, आईतवार ०७:३४

काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिँदैछ ।

अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सकिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

उनका केटाकेटी…, चिसोचिसो… लगायतका गीतहरू स्रोता तथा दर्शकले मन पराएका छन् भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*