ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

नमुनापत्र संवाददाता
२६ असार २०८०, मंगलवार १३:२८

काठमाडौं । ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*