लुम्बिनी विकास कोषको आगामि नीति कार्यक्रमबारे छलफल

नमुनापत्र संवाददाता
२७ असार २०८०, बुधबार २०:२४

लुम्बिनी । लुम्बिनी विकास कोषको आगामि आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल शुरु भएको छ । कोषको ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम कोषाध्यक्षले असार मसान्तभित्र नीति कार्यक्रम र आगामि आर्थिक बर्षको बजेट उपाध्यक्षसमक्ष पेश गर्नुपर्नेछ । सोही व्यवस्था अनुसार बुधबार सदस्य सचिव, योजना प्रमुख र विभिन्न महाशाखा र शाखा प्रमुखहरुसंग आगामि नीति कार्यक्रमका बारेमा छलफल गरिएको कोषाध्यक्ष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए ।

उनले गत वर्षदेखि नीति कार्यक्रम र बार्षिक बजेट सामूहिक छलफल गरि ल्याउन थालिएको बताउँदै यो वर्ष पनि सबैको सहभागितामा नीति कार्यक्रम बनाउन छलफल गरिएको बताए । कोषाध्यक्षले उपाध्यक्ष समक्ष पेश गरि आउने नीति कार्यक्रम परिषद बैठकले पारित गरेपछि लागू हुनेछ । यो बर्ष साउनको पहिलो सातासम्म परिषद बैठक राख्ने गरि तयारी भइरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

छलफलमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लेखा प्रमुख नवल यादव, लेखा अधिकृत भिम बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*