भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

नमुनापत्र संवाददाता
२८ असार २०८०, बिहीबार २१:०१

काठमाडौं । नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोगमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोगमा काठमाडौंका केशव तुलाधरलाई पक्राउ गरेको हो ।

गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरुलाई ठगी गरेको कार्यमा संलग्न रही फरार रहेको अभियोगमा काठमाडौंबाट उनलाई पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*