प्रम निवासमा सीता दाहाललाई श्रद्धाञ्जली, तीन दिन शोकमा रहने

नमुनापत्र संवाददाता
२८ असार २०८०, बिहीबार २१:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले प्रम निवास बालुवाटार पुगेर दाहालको तस्वीरमा पुष्प गुच्छा सहित श्रद्धान्जली व्यक्त गरेका छन

प्रधानमन्त्री निवास बालुवाटार पुगेर विहान ८ बजे देखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म विभिन्न क्षेत्रका व्यक्तित्वहरुले बुधबार निधन भएकी सीता दाहालको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

बालुवाटार पुग्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पत्नी दाहालको निधन भएको दोस्रो दिन आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु समेत बालुवाटार पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धान्जलि अर्पण गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*