मजदुरले ज्याला नपाएपछि कर्णाली नदी ब्यवस्थापन आयोजना घेराउ
बर्दिया । बर्दिया जिल्लाको राजापुरलाई कर्णाली नदीबाट सुरक्षित बनाउनका लागि स्थापना गरिएको कर्णाली नदी ब्यवस्थापन आयोजना राजापुर बर्दियाले निर्माण ब्यवसायीलाई काम गरेको रकम भुक्तानी दिन नसक्दा स्थानीय मज्दुरहरूले बिहीबार कर्णाली नदी ब्यवस्थापन आयोजना घेराउ गरेका छन्।

कर्णाली नदी ब्यवस्थापन आयोजनाले विभिन्न समयमा निकालेको ठेक्काको करिव ३१ करोड रूपैया भुक्तानी गर्न नसक्दा नदी ब्यवस्थापन आयोजनामा काम गरिरहेका सयौँ मजदुरहरूले ज्याला समेत पाउन सकेका छैनन् ।
राजापुर नगरपालिका र गेरूवा गाउपालिका गरि करि एक दर्जन स्थानमा नदी ब्यवस्थापनको काम गरिरहेका मजदुरहरूले ज्याला नपाएपछि आन्दोलमा उत्रनुको विकल्प नभएका कारण कार्यालय घेराउ गर्न आएको स्थानीय विर्ष बहादुर शाहिले बताए ।
सरकारले नदी ब्यवस्थापनको काम गरिरहेका बेला आयोजनालाई आवश्यक पर्ने बजेटसमेत नदिएका कारण आफूहरूले नदी ब्यवस्थापनमा प्रयोग हुने सामाग्रीलगायत मजदुरहरूको ज्यालासमेत भुक्तानी गर्न नसकिएको निर्माण ब्यवसायी जय बहादुर खत्रिले बताए ।

सरकारले पछिल्लो समय विभिन्न बहाना बनाउदै विकासे कार्यालयहरूलाई आवश्यक बजेट नदिँदा बबई सिँचाई आयोजना, कर्णाली नदि ब्यवस्थापन आयोजना र बबई भादा औराहि नदी ब्यवस्थापन आयोजनालगायतका कार्यालयले करोडौ रूपैया भुक्तानी दिन सकेका छैनन् ।





