उपचारको क्रममा मृत्यु भएका रुन्टीगढी गाउँपालिकाका वडाध्यक्ष पुनको दाहसंस्कार

नमुनापत्र संवाददाता
२८ असार २०८०, बिहीबार २१:५१

रोल्पा। उपचारको क्रममा बुधबार मृत्यु भएका रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष टंकबहादुर पुनको बिहीवार बिहान उनकै जन्म घर रुन्टीगढी गाउँपालिका वडा न. ४ को खेतबाङ गाउँमा परम्परा अनुसार दाहसंस्कार गरिएको छ।

उपचारको क्रममा बुधबार दाङको घोराहीमा मृत्यु भएका पुनको पार्थिब शरीरलाई बुधबार साँझ नै उनको जन्म घरमा ल्याइएको थियो। दाहसंस्कार अघि मृतक पुनलाई आफन्त, समर्थक, शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए।

वडाध्यक्ष पुनको पार्थिब शरीरलाई रुन्टिगढी गाउँपालिका रोल्पाका अध्यक्ष जनक पुनले राष्ट्रिय झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली दिदै गाउँपालिका अध्यक्ष पुनले नेपाली काङ्ग्रेस रोल्पाले मात्र नभई रुन्टिगढि गाउँपालिका रोल्पाले एक सक्षम र इमानदार जनप्रतिनिधि गुमाएको बताए ।

यसैगरी पार्थिब शरीरलाई नेपाली काङ्ग्रेस रोल्पाका सचिब तिलक रावतले नेपाली काङ्ग्रेसको झन्डा ओढाइ श्रद्धाञ्जली दिएका थिए । पालिकाले शोक बक्तब्य जारी गर्दै बिहीवार पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय,स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरु बन्द रहने बताएको छ।

बिरामीका कारण दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार गर्दै आएका पुनको स्क्रब टाइफसका कारण बुधबार मृत्यु भएको थियो। ३९ वर्षिय पुन गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट निर्बाचित भएका थिए ।

यता नेपाली कांग्रेस रोल्पाले समेत शोक व्यक्तव्य जारी गर्दै एउटा होनहार, इमान्दार र लोकप्रिय स्थानीय नेता गुमाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*