गुल्मीमा जीप दुर्घटना, चार जना घाइते : एकको अवस्था गम्भीर

नमुनापत्र संवाददाता
२८ असार २०८०, बिहीबार २१:२१

गुल्मी । जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तम्घासदेखि मदाने गाउँपालिका–१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका–४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका–१ अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही ठाउँका २१ वर्षीय नवीन बुढा, सोही ठाउँकै २८ वर्षीय चन्द्र मगर र मदाने गाउँपालिका–१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी रहेका छन्।

उनका अनुसार घाइतेमध्ये यम बहादुर बुढाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*