बाजेको कुटाइबाट नातीको मृत्यु

नमुनापत्र संवाददाता
२९ असार २०८०, शुक्रबार १०:५२

बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*