रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

नमुनापत्र संवाददाता
२९ असार २०८०, शुक्रबार ११:१२

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुई बजेर १५ मिनेटमा खबर गर्नासाथ घटना स्थल कर्कच गाउँमा पुगेको इन्स्पेक्टर साहले बताए।

घटनाबारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इन्स्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केहीबेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*