मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्न नदिने रास्वपा सभापति लामिछानेको चेतावनी

नमुनापत्र संवाददाता
२९ असार २०८०, शुक्रबार १९:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । अर्को बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने चेतावनी दिए ।

उनले भने, ‘मिटरब्याजसम्बन्धी विधेयक चर्चा चल्यो। प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजियो । तर, आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियोर ? हामी मिटरब्याज पीडितहरुको पक्षमा छ । हामी यो विधेयक सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउँन फास्ट ट्रयाकमा ल्याइयोस् । कसको स्वार्थले कारणले पीडितको पक्षमा रहेको यो विधेयकलाई संसदमा ल्याइएन। सदनलाई जानकारी हुनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*