चट्याङ लागेर ५० भेडाबाख्रा मरे, ७० अझै बेपत्ता

नमुनापत्र संवाददाता
३० असार २०८०, शनिबार १३:२१

मुगु । जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँको दुगडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरेका छन् । ७० वटा भेडाबाख्रा अझै बेपत्ता भएका छन् ।

बिहिवार दिउँसो २ बजे चट्याङ परेको थियो । चट्याङ लागेर पेरे गाउँका भेडाबाख्रा किसानहरू मर्कामा परेका छन् । हिरा बहादुर बुढाका ६, कृष्ण ऐडीका ३, पृथ्वी बहादुर बोहोराका ७, निम बहादुर बोहोराका १४, दिप बहादुर ऐडीका १५ र जय बहादुर ऐडीका ५ वटा भेडाबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढा मगरले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो पाटनमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा चट्याङ परेको थियाे । चरन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानहरूकाे परिश्रम र लगानीमाथि नै बज्रपात परेको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताए।

उनले भने, ‘पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भेडापालन हो। सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने अवस्था आएको छ। पातारासीमा अहिले मात्रै होइन, हरेक वर्ष चट्याङले ठुलो नोक्सानी गर्ने गरेको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*