तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा

नमुनापत्र संवाददाता
३० असार २०८०, शनिबार १५:५२

काठमाडौँ । बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको विराटनगर महानगरपालिका १४ स्थित चण्डाल चोकबाट हिजो सशस्त्र प्रहरीले करिब १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले विरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मूल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरू रहेका छन् ।

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*