कसैले धूपबत्ती बाल्दैमा गठबन्धन नभत्किने : मन्त्री ज्वाला

नमुनापत्र संवाददाता
३१ असार २०८०, आईतवार १३:२९

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहदैमा नभत्किने बताएका छन् ।

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे ।

प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न उनको सुझाव थियो ।

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले भने, कसैले गठबन्धन ढलोस् भनेर चाहदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*