राष्ट्रपतिले गरे बजेटसम्बन्धी ३ विधेयक प्रमाणीकरण

नमुनापत्र संवाददाता
३१ असार २०८०, आईतवार १७:०८

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका उक्त विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*