आज साउनको पहिलो साेमवार, शिवमन्दिरमा भक्तजनको भिड

नमुनापत्र संवाददाता
१ श्रावण २०८०, सोमबार १२:२६

काठमाण्डाै । आज साउन महिनाको पहिलो सोमवार पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड रहेको छ ।

बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*