किरण चेम्जोङ थप १ वर्षका लागि पञ्जाव एफसी अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् ।
भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको छ ।
पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको छ । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ ।
पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् ।





