आजवाट एक महिने मलमास अर्थात् पुरुषोत्तम मास शुरु

नमुनापत्र संवाददाता
२ श्रावण २०८०, मंगलवार ०२:३९

काठमाडौं । अतिरिक्त महिना मलमास आजबाट सुरु भएको छ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आजबाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका नौ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजनहरू भक्तजनहरू आउने गर्दछन् । पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ ।

यस महिनामा नारायणको पूजा गर्नाले पाप नाश हुने जनविश्वास रहेकोले भक्तजनले सो विश्वासका साथ नजिकैको पोखरीमा स्नान पनि गर्ने गर्दछन । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा– पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ ।

चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । एक महिनामा करिब २० लाख भक्तजनले मन्दिरमा दर्शन गर्ने अपेक्षा आयोजकको छ । मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नभएपनि पुरुषोत्तम अर्थात विष्णु भगवानको पूजा आराधना हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*