दाङ र बाँकेको सिमानाको शिव खोलामा ट्रक खस्यो

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार ०७:४८

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।

रासायनिक मल बोकेर रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज बुधबार बिहान ४ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका प्रहरीले जनाएको छ । चालक ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*